dan-gribbin-fDcwEmqMJls-unsplash
वचन

तपाई भित्र हुने तिन तत्वहरु

195 Views
Read Time:4 Minute, 2 Second

शालोम नेपाल : आजको यी दिनहरुमा हामीले के बुझन आवश्यकता छ भने, विजेताहरु जन्मदैनन, तर तिनीहरु प्रभुमा पुनर्जन्म हुन्छन ।
यो महत्वपूर्ण कुरा याद राख्नुहोस कि यी सबै तत्वहरु केवल एक वा दुई होइनन तर सब विजेता परिभाषित गर्न प्रयोग गरिन्छ ।

१ ) थुमाको रगत :- जुन गलागथाको बाटोमा श्रापित् भूमिलाई पखाल्नको निम्ति क्रुसबाट तल झरे । यदि तपाई नया गरि जन्मनुभयो भने तपाइको पापहरु थुमाको रगतले धोईनेछन । जे होस् तपाई सफा, पुनर्स्थापना र दैनिक नवीकरण हुनुपर्नेछ । सुन्दाखेरी यो एकपटकको प्रकिया जस्तो लागेपनि, प्रार्थनाद्वारा हरेक दिनको तपाइको दैनिकी हुनुपर्नेछ । किनकि तपाइँ आफ्नो प्राणको विरोधीको सामना गर्नुपर्दा तपाईले थुमाको रगत बिन्ति गर्न सक्षम हुनु आवश्यक छ । जसद्वारा तपाई पूर्ण निसफिक्रिको साथ उहामा सुरक्षित हुनुहुनेछ ।

२ ) तिनीहरुको गवाहीको शब्द :- गवाही भनेको एक अप टु डेट खाता हो जुन येशु ख्रीष्टले गर्नुभयो र उहाले तपाइको जीवनमा गर्दै हुनुहुन्छ । यो केहि वर्ष पहिले भएको घटनामा सिमित हुनु हुदैन, तर तपाइको विश्वास र तपाइको जीवनमा आज उहा काम गर्दै हुनुहुन्छ भन्नेको प्रमाण पनि हुनुपर्दछ । कुनै पनि परमेश्वोरलाई मन नपर्ने प्रकारको सम्झौताले तपाइको गवाहीलाई नष्ट गर्दछ, तपाई ले गर्नु भएको शत्रु संगको सम्झौताको कारण जीवनमा कहिल्यै पनि सामर्थ्य हुनुहुनेछैन, यदि तपाई राजीखुशीसाथ उनका उपकरणहरुका शिकार हुनुभयो भने । पवित्र जीवनले तपाईको गवाहीलाई जोगाउदछ र तपाईलाई सत्रु माथि विजयी हुन् सहायता दिदछ ।

३ ) तिनीहरुले आफ्नो जीवनलाई मृत्यु सम्म प्रेम गरेनन :- यस प्रकारको ख्रीष्ट प्रतिको पूर्ण भक्तिलाई बाइबल र सम्पूर्ण मण्डलीको ईतिहासले सामान्य इसाई जीवनको हिस्सा मान्दछ । आफ्नो विश्वासको लागि शहिद भएकाहरुलाई उनीहरुका प्रभुको लागि भन्दा अरु संसारको सुख सुविधालाई माया गरेको आरोप लगाउन सकिदैन । त्यसैले कमजोर विश्वास र कमजोर प्रतिबद्दताले तपाइलाई पराजित गर्छ । जित्ने व्यक्तिको मनोवृति यस्तो हुन्छ, “येशुले मलाई उहाको रगतमा धोइदिनुभयो, म उहालाई मेरो सम्पूर्ण हृदय, आत्मा र शक्तिले प्रेम गर्दछु । र म उहालाई इन्कार गर्ने छुइन यद्द्पी मेरो जीवन खर्चिन किन नपरोस ।”

त्यसैले यी तिनकुराहरु सदैब परमेश्वोरलाई महिमित पार्न र उहाको योजनालाई यस पृथ्वीमा पुरा गर्न एक मानिस भित्र हुनै पर्नेछ । तबमात्र परमेश्वोरले चाहेको मण्डली र मानिस को जीवन उहामा पूर्ण हुनेछ ।

2 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *