84615094_489006755125641_1264386067830669312_o
जीवन गवाही

बाटोमा बसेर पनि संगति गर्यौ ( सार्है मन छुने जीवन गवाही ) – अस्मिता दाहाल

1437 Views
Read Time:7 Minute, 36 Second

जयमसिही,
म अस्मिता दाहाल [हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ , म तिमीहरुलाई विश्राम दिनेछु,(मात्ति ११ : २८ )]। यस वचन ले मलाई सान्त्वना दिएको छ ।
मेरो जन्म इंडियाको खलफेङ्ग भन्ने ठाउमा भएको थियो । मेरो परिवारमा दुइ आमा र बुबा अनि ६ जना दाइहरु र म एक छोरी गरेर हामी दश जनाको परिवार थियौ । मेरो बुबाले दुई जना श्रीमती विवाह गर्नु भएको थियो। म पट्टिको आम़ा बाट एक जना दाई र म, अनि अर्को पट्टिको आम़ा बाट पाच जना दाजुहरु थिए । हामी इंडिया को एक विकट गाउमा बस्थेउ । जब म छ महिनाको थिए त्यो समयमा मेरी आमा बिमारी हुनुभएछ ।
धेरै रगत बगेको कारण उहा उपचारको क्रममा छिटै नै हामीलाई छोडेर जानुभएछ । त्यो समयमा खासै हस्पिटलको अवस्था सजिलो र राम्रो थिएन । आम़ा बित्नु भएको केहि समय पछि देखि नै बुबा पनि बिरामी हुन थाल्नुभएछ, दमको रोग को साथ साथै अरु धेरै खालको रोगले च्यापेको रहेछ, उहालाई उपचार गराउन विभिन्न हस्पिटल लगिइएछ । राम्रो हस्पिटल को कमि भनम वा धेरै रोगको कारण बुबा पनि म सात वर्षको हुदा बित्नुभयो।

हिन्दु परम्परा अनुसार नै उहाको सबै काजक्रिया र वर्षदिनको काम पनि सकियो । यी सबै घटनाको केहि समय पछि अर्की आमा अरु नै मानिस संग हामीलाई छोडेर जानुभयो । यो प्रकारको अवस्थाले हामी सबै दाजु, बहिनिहरु धेरै दुखित भयौ, किनकि हामीलाई राम्रो संग पकाएर खान समेत आउदैन थियो । जुन समयमा हामीलाई आमाबुवाको खाचो थियो, त्यो समयमा नै हाम्रो साथमा कोहि नभएपछि हामीहरुको जीवनमा धेरै दुख र गाह्रो अवस्था आयो।अनि गरिबीले हामीलाई धेरै नै सतायो, यहाँ सम्म कि हामीलाई खानको लागि घरमा केहि हुनेथिएन ।

म सानै थिए, मेरो दाजुहरुले धेरै मेहनत् गर्नु हुन्थ्यो, अर्काकोमा काम गरेर बिहान बेलुकाको लागि छाक टार्नु हुन्थ्यो । दिन दिनै हामीलाई गरिबीले च्याप्दै थियो, सबै जना साथीहरु पढन जान्थे, तर हामी जना पाएनौ । दुख लाग्थ्यो, कि शरीरमा लगाउने राम्रो लुगा हुदैनथ्यो, कति चोटि अरुले फालेको र दिएको लुगा राम्रो लागेर लगाउने गर्थ्येउ, त्यहि भएनि लाज ढाक्नु पाएकोमा खुशी मानेर लगाउथियौ ।
यहि क्रममा दिनहरु बित्दै थियो, र हामीहरु नि अलिक ठुला भैसकेका थियौ । तब बुवा ले नेपालमा जग्गा किन्नु भएको छ भन्ने कुरा थाहा पाइयो, अनि ठुलो बुवाले काईलो र अन्तरे दाइलाई नेपाल लिएर आउनुभयो, र उहाहरु यतै बसेर पढ्नथाल्नुभयो, यहि क्रममा हामी नि बिस्तारै नेपाल आयौ । नेपालमा आएपछि जग्गा त थियो तर घर नभएकोले हामी सबै अरुकोमा बस्नु पर्ने भयो। र मलाई पढउदै गरेको मिसको घरमा बसे र त्यहि बसेर पढन जान थाले ।
तर पनि मेरो जीवनमा धेरै उत्तार चढाव आए, आफ्नो घर नभएको कारणले गर्दा अर्काकोमा बसे, आफ्नो घर जस्तो हुदैन थियो । जीवनमा जिउनको साथ साथै पढन धेरै संघर्ष गर्नु पर्यो। ईन्डियाबाट आएकोले नि होला नेपालको पढाइमा धेरै मेहनत गर्नु पर्यो ।

नेपाली राम्रो संग पढन न आएकोले नि होला सानो सानो बच्चाले नि सार्है हेप्ने गर्दथियो मलाई ! त्यो क्रियाकलापले गर्दा मा सोच्ने गर्थिएकि यदि मेरा आमा,बुवा हुनुभएको भए सायद येस्तो अवस्था आउदैन थियो होला ! जस्तो लाग्थ्यो । तर पनि मैले धेरै मेहनत गरे, त्यसपछि मैले मेरो पढाई अघि बढाउनकोलागि नेपाली धेरै सिक्न थाले, जब मलाइ नेपाली राम्रोसंग पढन र बोल्न आयो तब मैले क्लास जम्प गरेर बिस्तारै पढाईलाई अघि बढाए । त्यसै क्रममा ठुलो दाजुले झापामा घरबनाउनुभयो, हामि सबै छरेर बसेका दाजुबहिनी त्यसपछि एउटै छानामुनि आयौ ।
घर भएपनि दुख र गरिबीले छिटै हामीलाई छोडन सकेन, कारण हामी घरमा सबै जना पढने मात्र थियौ । कमाएर घर खर्च चलाउने कोहि थिएन, त्यो अवस्थामा पनि हामीले पढन छोडेनौ, बरु पालै संग दाजुहरु काममा जानुहुन्थियो । सायद काम र पढाई ले गर्दा गार्हो भएर होला दाई हरुले पढाई छोडनुभयो, तर म र कान्छो दाई भने पढदै थियौ । त्यहि बेलामा मेरो अन्तरे दाजु र कान्छा दाजुले प्रभुलाई पाउनुभएको रहेछ ।

हामी हिन्दु भएको कारणले गर्दा उहाहरुलाई धेरै दुख दिएर सतायौ, त्यो अवस्थामा पनि उहाहरुले प्रभुलाई नछोडेको कारण मैले पनि प्रभुलाई पाए । त्यसपछि मेरो ठुलो दाई र माईलो दाईले हामीलाई धेरै सताउनुभयो, हामीलाई छोडेर अन्तै जानुभयो, तिमीहरु मेरोलागि मरिसकेउ भनेर हामीलाई वास्ता पनि गर्नछोडिदिनुभयो । कहिलेकाही घरमा आउनुहुन्थ्यो, हामीलाई संगति पनि गर्न दिनुहुन्थिएन । त्यसपछि हामीले बिस्तारै घरको आगनमा, अनि धेरै चोटि बाटोमा बसेर संगति गरथियौ । तर हामीले दाईहरुको लागि निरन्तर प्रार्थना गरेउ । अहिले उहाहरुले पनि प्रभुलाई पाउनुभयो, जुन दाईले हामीलाई धेरै सताउनु हुन्थ्यो । अहिले त्यहि दाईले पास्टरको रुपमा प्रभुको सेवा गर्दैहुनुहुन्छ ।

यसरि मैले र मेरो परिवारले परमेश्वोरलाई चिन्ने मौका पायौ । त्यसपछि हामि सबैले आ-आफ्नो ठाउँबाट प्रभुको काम गर्दै आईरहेकाछौ ।
आज मा एक जवान छु, मण्डलीमा जवानहरुलाई हुर्काउने काम गर्दैछु । उनीहरुलाई प्रभुको बारेमा सिकाउदै आफु पनि अघिबढदै छु । म आशा गर्छु कि मेरो जीवन गबाहिबाट यहाहरु सबैले आशिस पाउनुहुनेछ ।

परमेश्वरले तपाइहरु सबैलाई आशिस दिनुभएको होस् ।

17 0
Happy
Happy
11
Sad
Sad
0
Excited
Excited
5
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

3 Replies to “बाटोमा बसेर पनि संगति गर्यौ ( सार्है मन छुने जीवन गवाही ) – अस्मिता दाहाल

  1. It is very encouraging testimony for those who are alone Christian in a families. For me it is very excited to read this testimony because its showed how God choose the people for his works.

Leave a Reply

Your email address will not be published. Required fields are marked *