106462861_2634988900151213_2285619700934129512_n
समाचार

पा. केशब आचार्य धराैटीमा रिहाई

325 Views
Read Time:3 Minute, 41 Second

शालोम नेपाल – कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ धराैटीमा रिहाई हुने बित्तिकै पुन : जिल्ला प्रहरी कार्यालय डाेल्पाले प्रहरी प्रतिबेदन तयार गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डाेल्पा लगिएका पास्टर केशब आचार्य अनुसन्धान पश्चात् पेस गरेकाे बयान र उहाँकाे माेबाईल फाेन भित्र रहेकाे फाेटाे र भिडियाेको आधारमा धर्म परिबर्तन सम्बन्धि अदालतमा मुद्दा दर्ता भएको डाेल्पा जिल्ला प्रहरी कार्यालय दुनैका ईन्सपेक्टर हरिराम डाँगीले हामीलाई जानकारी दिनुभएकाे थियाे ।
उहाँलाई डाेल्पामा गएर सुसमाचार सुनाएकाे फाेटाे र भिडियाेकाे प्रमाण र अदालतमा दीइएको बयानको आधारमा डाेल्पा प्रहरीले केशब आचार्य पुगेकाे गाउँमा पुगि धर्म परिबर्तन सम्बन्धि प्रहरीले प्रतिबेदन तयार पारेकाे थियाे । पास्टर केसब आचार्यलाइ प्रतिबादी र नेपाल सरकारलाई बादी बनाएर जिल्ला अदालत डाेल्पामा गरिएको मुद्दा हिजो फैसला भएको छ।
मुद्दा दर्ता हुने बित्तिकै गत जेठ ८ गते पुर्पक्षका लागि कारागार चलान भएका केशब आचार्यलाई हिजाे १४ गते रु ३ लाख धराैटीमा छाेड्ने आदेश भएकाे जिल्ला अदालत डाेल्पाका बैतानीक वकिल घनस्याम उपाध्याले हामीलाई जानकारी दिनुभएकाे छ । हिजो बहस सकिएर फ़ैसला हुँदा बेलुकीको ६ बजिसकेकोले धरौटी बुझाउन नसकिएको र आज पनि कर्नाली प्रदेशका सरकारी कार्यालय बिदा भएकोले भोलि धरौटी बुझाएर छुट्नुहुनेछ ।

यहाँहरूलाई स्मरण रहाेस कि प्रशस्थ कटनी मण्डलीका पास्टर केशब अचार्यलाई पाेखरा महानगरपालिका २९ पावरहाउसबाट काेराेना माहामारीको अवस्थामा एक महिना अगाडिको भिडियो भाईरल भएसंगै धर्मकाे नाममा भ्रमात्मक सन्देश फैलाएकाे भन्दै कास्की प्रहरीले गत चैत्र १० गते नियन्त्रणमा लिई आचार्य बिरुद्ध धर्मकाे नाममा अफवाह फैलाएकाे आराेपमा मुद्दा दर्ता गरेकाे थियाे ।

उहाँको रिहाई सम्पूर्ण विश्वासीको प्रार्थनाको उत्तर हो भन्दै आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पत्रकारहरु संग विशेष भेटघाट गरी जानकारी गराएको छ । सो कार्यक्रममा अध्यक्ष सी.बी गहतराजले पास्टर केशव आचार्य रिहाईको बारेमा बोल्नु हुदैँ उहाँले भन्नुभयो “विश्व भरी रहेका सम्पूर्ण मण्डली, संघसंस्थाहरु, पाष्टर तथा अगुवाज्यूहरु, विभिन्न कुट्नीतिक नियोगहरु, मानव अधिकारकर्मि, अधिकारकर्मिहरु, सबै पत्रकारहरु र बहसमा सहभागि अधिवक्ताहरुलाई राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले धन्यवाद ज्ञापन गरेको छ ।”

2 0
Happy
Happy
1
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *