शालोम नेपाल – हाम्रो घुँडा उहाँको निम्ति झुक्नु पदर्छ जो यससंसारको सृस्टिकर्ता हुनुहुन्छ र जो सुनौला मैनबत्तीको बीचमा हिँड्नुहुन्छ। हामी पछाडि रहनुपर्दछ जबसम्म महिमित प्रभु हामी सबैको बीचमा उहाँकै पवित्र व्यक्तित्वमा उभिनु हुँदैन। आज मण्डली पिताको वरदानले र ख्रीष्टको आफ्नै रगतले किन्नु भएको कारण उहाँको पूर्ण नियन्त्रणमा आएको छ। तसर्थ प्रभु येशूको महिमाको अनावरण नहुन्जेल हामी पछाडि बस्नुपर्दछ ताकि उहाँको पवित्र उपस्थितिको सुगन्ध फेरि सुसमाचारको उद्धारको शक्ति बनोस । यो केवल मण्डलीको पहिलो भाग हो जसले फेरि हाम्रो उपासनालाई आध्यात्मिक बनाउँदछ र हाम्रो प्रार्थना र भक्तिहरूलाई उत्कट र जोशिलो बनाउँदछ। यहि प्रकारको शक्तिशाली कार्यहरू प्रेरितहरूले गरेका थिए र अहिले पनि यो सम्भव छ तर उहाँलाई प्रेम गर्नेहरूले मात्र उहाँसँग पवित्र हिडाइमा हिंड्दा त्यो कार्यहरू गर्न सक्दछन । त्यसकारण, परमेश्वोर भन्नुहुन्छ, “पहिलो कामहरू गर्नुहोस्” – जुन काम, प्रथम इसाईहरूले गरेजस्तै हो।
त्यसैले यो कार्य त्यो व्यक्तिहरुले गर्न सक्छ, जसलाई पुनरुद्धारको रहस्य र महत्व थाहा हुनको साथै अनुभव गरेको हुन्छ । परमेश्वोरलाइ पछ्याउनकोलागि मुक्तिदाता प्रति एक उत्कट प्रेम हुनुपर्दछ, ताकि आफ्नो चाल छोडि जहिले परमेश्वरको चालमा हिडन सकोस् । जुन प्रेम हाम्रा प्रार्थना र कार्यहरूमा दैनिक प्रदर्शन हुनुपर्दछ। त्यसैले हामी पहिलो प्रेममा फर्कनुपर्दछ, अर्थात् जब हामीले येशू ख्रीष्टको पहिलो पटक मायाको अनुभव गरेउ र उहाँकै राज्य विस्तारको लागि तृषित थिऔ त्यहि जिवनमा हामि पुन फर्किने पर्दछ ।
यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछ। प्रकाश २:५