francesco-ungaro-JnMXPlleE1I-unsplash
दैनिक उपासना

परमेश्वोरको ताडना

189 Views
Read Time:3 Minute, 6 Second

शालोम नेपाल – अनुशासन र दुःख एउटा छुट्टै विषय हो जुन धेरै इसाईहरूले बुझ्न अस्वीकार गर्दछन्। उनीहरू सधै प्रेम सिक्न चाहन्छन्। उनीहरू  शान्तिको पछि लाग्न चाहन्छन्। दयाको चिन्तन गर्न उनीहरू रमाउँछन्। उनीहरू हृदयमा आशा राख्छन्, तर जब प्रभुको ताडनाको कुरा आउँछ, उनीहरूले चाँडै नै च्यानलहरू परिवर्तन गर्दछन्। अनि कतिपयले त विश्वासको बाटो नै !

यदि व्यक्ति आफै आफ्नो चालचलनमा होशियारीसँग रहन्छ भने, उसलाई एक दिन पनि उसको खाना बिना रहन कुनै गार्हो पर्दैन । तर धेरै पल्ट हेरचाह र उच्च सतर्कताको अभावको कारणले गर्दा, गार्हो अवस्था भोगेको हामीले देख्न सक्छौं, जसको कारण हामीले धेरै कष्टहरूको सामना गर्छौं। परमेश्वोरले दिनहुँ मानिसलाई उसको ओछ्यानमा ल्याउँनुहुन्न, र हड्डीहरू भाँच्नुहुन्न, तैपनि हामी दिनभरि कुनै हप्काउ र ताडना बिना बिताउदछौं। “प्रत्येक बिहान मैले दण्‍ड भोग्‍नुपरेको छ।” भजनसंग्रहका लेखक ले लेख्नुहुन्छ। हाम्रो जीवन दुःखकष्टले भरिएको छ यो होईन कि हामि परमेश्वोरको छोरा छोरी भयौ भन्दैमा हामीलाई खालि सुख र खुशी मात्र मिल्नेछ।  त्यसैले यो जान्न इसाईको सीपको ठूलो अंश हो, दयालाई थाहा पाउनु पर्ने कष्टहरू नि हाम्रो जिवनमा आइपर्दछ; जब परमेश्वरले प्रहार गर्नुहुन्छ उहाँ यो जान्नु हुन्छ कि कहिले उहाँले हामीलाई साथ दिनुपर्छ भन्ने कुरा त्यसैले यो बुझ्नुपर्दछ कि दुःखकष्टहरूलाई बेवास्ता गर्नुका साथै कृपालाई बेवास्ता गर्नु भनेको हाम्रो ठुलो पाप हो।

त्यसैले वास्तवमा परमेश्वरले हाम्रो जीवनमा दुःखकष्ट हुन दिनुहुन्छ भन्ने तथ्य तपाईंप्रति उहाँको प्रेमको प्रमाण हो। यो नबिर्सनुहोस्, उहाँले तपाईंलाई चोट पुर्‍याउन खोजिरहेको पटक्कै होइन, बरु उहाँले तपाईंलाई निको पार्न चाहानुहुन्छ । परमेश्वोरको लौरोले एक क्षणको लागि कष्ट हुन सक्छ, तर त्यसबाट सिकेको पाठ सदाको लागि जिवनमा रहनेछ।

त्‍यो मानिस धन्‍यको हो, जसलाई परमेश्‍वरले चेताउनुहुन्‍छ। यसकारण सर्वशक्तिमान्‌को अनुशासनलाई इन्‍कार नगर। अय्यूब ५:१७

0 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *