शालोम नेपाल – यदि हामि हाम्रो वरिपरी हेर्छौ भने यस संसारमा बस्नको लागि मानिसहरू पुरा तनाब लिएर, पूर्ण मेहनत को साथ् सबैकुरा खर्चेर घरहरू बनाउन उनीहरू लागिपरेको प्रमाण देख्छौ। त्यसरी नै विश्वास गर्नेहरूको हैसियतमा हामीलाई टुटेको हृदय उठाउन र निर्माण गर्न बोलाइएको छ, तर यो हाम्रो होइन, परमेश्वरको राज्य हो।
प्रभुको कामको लागि नहेम्याह एक रमाईलो हृदय भएको व्यक्ति थिए। उसले इस्राएल दासहरूको श्रेणीलाइ उच्च परेको कारण उनि राजाको बिशेष बन्ने मौका पाएको थियो। राजालाई विषाक्त हुनबाट जोगाउन उनले त्यो खाना राजाले खानु भन्दा पहिले सबै परीक्षण गर्ने गर्दथ्यो । त्यसले उसलाई राज्यमा भरपर्दो मानिस बनायो। उही समयमा, उनी इस्राएलप्रति सकारात्मक हृदय भएको कारण इस्राएल सफल भएको हेर्न चाहन्थे। तर इस्राएलको पर्खालहरू भत्किएको सुनेपछि नहेम्याहलाई धेरै बेचैनी भयो जसको कारण नचाहेर पनि उसले त्यो बोझ हटाउन सकेन र अन्तमा उसले त्यो पर्खालहरू बनाउने निर्णय गर्यो र राजालाई सोध्यो कि यदि हजुरको अनुमति भए के म त्यो पर्खालहरू पुनःनिर्माण गर्न सक्छु ?
हामी दुबै कार्यस्थलमा सफल र परमेश्वरको लागि अत्यधिक प्रभावकारी हुन सक्छौं। हामी हाम्रो स्तर बढाउन सक्छौं, हामि उत्कृष्ट प्रतिष्ठा निर्माण गर्न सक्छौं, र हाम्रा अग्रजहरूबाट विश्वास पाउन सक्छौं र हराएको हृदयमा पुग्न सक्छौं। परमेश्वर त्यस्तो पुरुष र महिलाहरूको खोजी गर्दै हुनुहुन्छ जो उठ्छन् र उहाँको राज्य निर्माण गर्दछन्। हामीले त्यस्तो व्यक्तिहरू देखेका छौ जो एउटा टाढाको मिशनबाट नेपालमा आएर गरिब अनि दुर्गम क्षेत्रमा खटेर काम गरि समय बिताएको, उनीहरूको यो क्रियाकलापबाट साच्चै टुटेको हृदय ले सहास पाएको छ फेरि उठेर अघि बढने।
त्यसैले उठ्नुहोस् र बनाउनुहोस् परमेश्वर तपाईंलाई कहाँ उठाउन र निर्माण गर्नु भन्नुहुन्छ? सायद तपाईंले सेवकाईको लागि बोलाओट महसुस गर्नुभएको छैन होला, तर तपाईं आफ्नो भाग गर्न चाहनुहुन्छ भने ढोका खुला छ, परमेश्वोरले तपाईंको लागि ढोका खोलेर राख्नु भएको छ। प्रभुको कामको लागि समय तयारि गर्नुहोस्। जुन कार्य गरेर तपाईंले पछुताउनु पर्दैन, तर यसले तपाईंलाई नयाँ अवसरहरूतर्फ डोर्याउन सक्छ। राजा नहेम्याहलाई पर्खाल बनाउन जान दिन हिचकिचाउँदै थिए तर उनले काम गरेर देखाएको ले अन्ततः इस्रायलका गभर्नर बने।
तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन।” नहेम्याह २:२०