LRM_EXPORT_20200515_151712
समाचार

सरकारद्वारा लकडाउन अन्त्यको घोषणा

174 Views
Read Time:1 Minute, 39 Second

शालोम नेपाल – कोरोन भाइरस COVID 19 को कारण सरकारले चैत ११ गतेदेखि ‘संक्रमण रोकथाम तथा नियन्त्रण’ गर्न लकडाउन गरेको थियो । पटक पटक म्याद थप गरे पनि लकडाउनको संरचना परिवर्तन गरि आएको नेपाल सरकारले हिजो बसेको मन्त्रिपरिषद्को वैठकले जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएको छ ।


तर केहि क्षेत्रमा भने अझै केहि समय लकडाउन जारी रहने बताउनुभएको छ। जनमानसको भिड हुने क्षेत्रहरू जसमा शैक्षिक संस्था, धार्मिक स्थलहरु, संग्राहलयहरु र चिडिया खाना, सभा गोष्ठी, सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, अझै बन्द रहने जानकारी दिनुभयो ।


सुरक्षाको मापदण्ड पुर्याई साउन १५ देखि भने रेष्टुरेन्ट खुला गर्न अनुमति दिएकोछ, साथै अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका यातायात भदौ १ गतेबाट खुल्ला हुनेछ । त्यसरी नै मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर प्रणाली भने हटेको छ ।

1 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *