gaelle-marcel-gIj7RJPAkJA-unsplash
दैनिक उपासना

प्रेममा अघि बढ्‌नुहोस्।

185 Views
Read Time:2 Minute, 51 Second

शालोम नेपाल – हामिहरूको जिवनमा यस्तो समय पनि आउनेछ कि जब तपाईंसँग केहि दिन बाँकी हुदैन, तर आझै पनि तपाईं वरपरका व्यक्तिहरूले अधिक मात्रामा तपाइँबाट आश गरिरहेका छन्। तपाईं आफ्नो बुद्धिको अन्तमा हुनुहुनेछ किनकि तपाईंले पहिले नै धेरै बाढिसक्नु भएको छ। तर येशू ख्रीष्ट तपाईंलाई याद दिलाउन चाहनुहुन्छ कि तपाईं प्रेममा बढ्न सक्नुहुन्छ। परमेश्वोर सबै मानिसहरूका लागि तपाईं प्रेममा प्रशस्त भएको चाहनुहुन्छ।

पहिलो थेसलोनिकीहरूको यस खण्डमा पावल त्यहाँको चर्चको निम्ति प्रार्थना गर्दैछन, त्यहाँका मानिसहरू प्रेममा बढेको पावल चाहान्थ्यो । यो होइन कि उनीहरूमा प्रेमको कमी थियो, तर यसको विपरित थेसलोनिकीका मानिसहरू ले अरूलाई धेरै प्रेम गर्थे। यसले हामीलाई देखाउँछ कि हामी प्रेमको क्षेत्रमा बढ्न कहिल्यै रोकिदैनौं।

कहिलेकाँही प्रेमको सबैभन्दा ठूलो प्रदर्शन माया होइन तर बलिदान हो। पावल सिलास र तिमोथीसँग एथेन्समा थिए, तर उनीहरूले तिमोथीलाई थेसलोनिकाको चर्चमा सेवा गर्न पठाइदिए। ऊ त्यहाँ परमेश्वरले के गरिरहनुभएको छ भन्ने कुराको उत्कृष्ट रिपोर्टको साथ फर्किएको छ, पावलले उनीहरूलाई प्रेममा बढन आग्रह गरिरहेका छन्। उनीहरूले राम्रो काम गरिरहेका थिए र त्यस प्रकारको कामलाई निरन्तरता दिन पावल  उत्साह दिदै हुनुहुन्छ।

हामी सबै एकले अर्कालाई प्रेम बाढन सक्छौं। हामी यसलाई कती देखाउन सक्छौं त्यसको कुनै सीमा छैन। त्यसैले हामीले आफ्नो प्रेमको क्षमता बढाउनको लागि परमेश्वरलाई सोध्नु आवश्यक छ। जब हामी भाग्छौं वा प्रेम दिन सक्दैनौं, हामीले हाम्रो प्रेमको स्रोत, येशू ख्रीष्टबाट लिनु पदर्छ।

जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्‍यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्‌ने र प्रशस्‍त भइरहने तुल्‍याऊन्, १ थेसलोनिकि ३:१२

0 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *