LRM_EXPORT_20200816_094300
समाचार

मनोरम दृश्य सहित पहिलो पटक ख्रीष्टीयन म्युजिक भिडियो सार्वजानिक

650 Views
Read Time:3 Minute, 4 Second

ओखलढुङ्गा जिल्ला खिजीदेम्वा गाउपालिका वडा नं.–१, मा स्थानीय स्तरमा छायाँकन र सम्पादन सम्पन्न गरी सु-समाचारीय ख्रीष्टीयन म्युजिक भिडियो सार्वजनिक गरीएको छ । ओखलढुङ्गा जिल्लाको अति नै विकट मानिने रगनी र पोकलीको केही मनोरम दृष्यहरु कैद गरी छायाँकन गरीएको मेरो गीतको भाकालाई …नामक गीतको म्युजिक भिडियो रगनी शालोम ए.जी. मण्डलीमा एक भेलाको साथमा प्रिमियर सो गरि सार्वजनिक गरीएको हो ।

उक्त भेलामा खिजीदेम्वा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष सहित आफन्त, शुभचिन्तक, वुुद्धिजिवि, समाजसेवी तथा विभिन्न स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विगत लामो समय देखी साङ्गितिक क्षेत्रमा अब्बल रहनुभएका स्थानीय गायक दिपक कुमार सुनुवार (सिलास) ले वि.स. २०७१ सालमा “अद्भुत प्रेम” नामक एक एल्वम सार्वजनिक गर्नुभएको थियो । र सोही एल्वममा यस गीतलाई समावेश गरीएको थियो ।
याकुब सुनुवारको छायाँकन तथा सम्पादन साथै निर्देशनमा तयार गरीएको उक्त भिडियोमा शब्द, संगीत र स्वर भने दिपक कुमार सुनुवारको रहेको छ । त्यस गितलाई गायक सुनुवारका स्वर्गीय माता “श्री पदम कुमारी सुनुवार”मा समर्पित गर्नुभएको छ । यस गीतमा रहेको भिडियो मार्फत समाजमा सकरात्मक प्रभाव आउने आशा राख्दै निर्देशक सुनुवार अगाडी भन्नुहुन्छ आवश्यक स्रोत, साधन, पर्याप्त चाहना, ज्ञान, शीप, र जोस जाँगर हुने हो भने जस्तो सुकै कार्य सम्पन्न गर्न पनि टाडा जानु नपर्ने रहेछ ।

प्रिमियर सो समारोह

कार्यक्रमको समापनमा बोल्दै “यस्तै गीत, संगीत र मिडिया मार्फत आफ्नो गाउँ ठाउलाई विश्वभर परिचित गराउँदै पर्यटन प्रवर्दनमा टेवा पुर्याउन सकिने” भन्नुहुन्छ, रगनीका अभियान्ता शाउल सुनुवार ।
आफ्नो प्रथम पटकको प्रयास भएकाले शुभचिन्तक बाट प्रतिकृयाको आशा राख्दै सो गितलाई आउदो भदौ ५ गते शुक्रबार आफ्नो यूट्युव च्यानल सिलास सुनुवारबाट दर्शक माझ आउने जानकारी गराउनुभयो ।

स्माईल ईश्वर,
ओखलढुङ्गा, ३२ साउन २०७७

5 1
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
3
Sleppy
Sleppy
0
Angry
Angry
1
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *