११ असोज, काठमाण्डौ। “हाम्रो अभियान, नेपाली खीष्टियन समुदायको स्वाभिमान र पहिचान’ भन्ने मुल नाराका साथ मिति २०७७ साल असोज ११ गते का दिन नया प्रविधि भर्चुअल जुम एप को माध्यमबाट राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको १३ औं राष्ट्रिय भेला काठमाण्डौबाट संचालन भई भव्य रुपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा महासंघका सम्पूर्ण पदाधिकारी, आवद्ध सदस्यहरु, तथा विश्वभरबाट नेपाली भाषी मण्डलीका पास्टर, अगुवा तथा विश्वासीहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, साथै नेपाल राष्ट्रिय मण्डली संगति (एन.सि.एफ) र नेपाल खीष्टियन समाज (एन.सि.एस) का प्रतिनिधिहरू समेत सहभागी रहेका थिए ।
कार्यक्रममा विश्वभरमा रहेका महादेशीय प्रमुख तथा महासंघका सदभावदुतहरू जस्तै (युरोप, सयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, एशिया, साथै एस्राएल) बाट आवद्द भई मन्तव्य तथा शुभकामना व्यक्त गर्नुभएका थिए।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल सुरुवाती समयदेखि नै इसाई समुदायको हकहित र उत्थानकोलागि सशक्त रुपमा लागिरहेको छ। राज्य धर्मनिरिपेक्ष भएतापनि राज्यले दीइएका मौलिक हक अधिकार तथा धार्मिक सहिसुणताको पूर्णरुपमा पालन गर्न नपाउदा, र विशेष गरि इसाई व्यक्ति तथा समुदायलाई लाग्ने गरेको विभिन्न लाल्छना तथा राज्यले गर्ने तल्लो दर्जाको व्यवहारलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राज्यलाई खबरदारी गर्दै नेपाली खीष्टियन समुदायलाई स्वाभिमान र अधिकार सम्पन्न गराउन नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ बीच भएको ऐतिहासिक ३ बुंदे र ६ बुंदे सहमतिलाई केन्द्रमा राख्दै आजको यस कार्यक्रम मार्फत फेरि महासंघले ११ बुदे घोषणा पत्र समेत जारी गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवंम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.बी. गहतराज ज्यु ले कार्यक्रममा बोल्नु हुदै नेपालि ईसाई समुदायकोलागि यो ११ बुंदे घोषणा पत्रलाई कार्यनयन गराउन महासंघले चाल्नु पर्ने कुनै पनि कदमहरूमा पछि नहट्ने साथै इसाई समुदायको उत्थानकोलागि हरेक मुद्दालाई राष्ट्रियकरण गरि न्याय दिलाउनलाई सधै समुदायकोसाथ् रहने प्रतिबद्दता समेत जाहेर गनु भएको थियो।

